२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिने वीरेन्द्र पक्राउ

२२ भदौ, काठमाडौं । भोटेकोशी-त्रिशूली नदीमा आएको बाढी पछि सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिने जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भइ काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै छन् ।

उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले पक्राउ गरेको हो । उनले भोटेकोशी बाढी पीडित तथा विभिन्न जात जाती लक्षित होच्याउने, अपमानित गर्ने र विपत्तिमा खुसी मनाएको भिडियो सामाजिक सञ्जालमा राखेको प्रहरीले बताएको छ । उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : September 7, 2026 at 12:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/