२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

बाढीपीडितको राहतका लागि सोनापुर सिमेन्ट र शुभ्म हेल्थ केयरको १ करोड ५ लाख सहयाेग

२१ भदाै, काठमाडौं । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ५ लाख ९१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ। सोनापुर आयल एन्ड मिनरल लिमिटेड (सोना सिमेन्ट) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीमा कार्यरत कर्मचारीले आफ्नो एक दिनको तलबबाट ४ लाख ९१ हजार रुपैयाँ थप सहयोग गरेका छन्।

त्यस्तै, शुभ्म हेल्थ केयर प्रोडक्ट्स प्रालिले ५० लाख रुपैयाँ सहयोग गरेको कम्पनीले जनाएको छ। सोनापुर आयल एन्ड मिनरल लिमिटेडका म्यानेजिङ डाइरेक्टर निपेश तायललगायत प्रतिनिधिले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।

कम्पनीका अनुसार सोना सिमेन्टको ५१ लाख, कर्मचारीको ४ लाख ९१ हजार र शुभ्म हेल्थ केयर प्रोडक्ट्सको ५० लाख गरी कुल १ करोड ५ लाख ९१ हजार रुपैयाँ राहत कोषमा सहयोग भएको हो। बाढी, पहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : September 6, 2026 at 5:25 pm