२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

सिद्धार्थ बैंकको २ अर्ब ५० करोडको ऋणपत्र भदौ २५ गते परिपक्व हुने

२१ भदाै, काठमाडौं । सिद्धार्थ बैंकले निष्कासन गरेको ऋणपत्र आगामी भदौमा परिपक्व हुने भएको छ । बैंकले निष्कासन गरेको ‘१०.२५% एस.बि.एल. डिबेन्चर २०८३’ नामक ऋणपत्र आगामी भदौ २५ गते परिपक्व हुने भएको हाे । बैंकले यस सम्बन्धमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ ।

dainiki.com

बैंकले सात वर्ष अवधिको लागि प्रति इकाइ ऋणपत्र अंकित मूल्य १,००० रुपैयाँका दरले कुल २५ लाख कित्ता (२ अर्ब ५० करोड रुपैयाँ बराबरको) ऋणपत्र जारी गरेको थियो । वार्षिक १०.२५ प्रतिशत ब्याजदर कायम गरिएको यो ऋणपत्र २०७६ भदौ २६ गते बाँडफाँड भएको थियो ।

उक्त ऋणपत्र २०७६ कात्तिक ५ गते नेप्सेमा सूचीकरण भएको थियो । ऋणपत्रको अवधि आगामी भदौ २५ गते पूरा भई परिपक्व हुने भएपछि बैंकले सूचीकरण सम्झौता बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन नेप्सेलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : September 6, 2026 at 2:23 pm