सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?
२१ भदौ, काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँ रहेको थियो।
प्रकाशित मिति : September 6, 2026 at 10:41 am


