१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

पर्यटनमन्त्री रविन्द्र अधिकारीको मृत्युमा यसरी रसाए श्रममन्त्री गोकर्ण विष्टका आँखा

१६ फागुन, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु हुँदा देश नै शोकमा डुबेको छ । लोकप्रिय युवा राजनीतिज्ञ अधिकारीको निधनले भने धेरै स्तब्ध भएका छन । स्वर्गीय अधिकारीको परिवारलाइ समवेदना प्रकट गर्न जाँदा श्रम, रोजगार तथा  सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका आँखा नै रसाए । मन्त्री क्वाटरको भीडमा मन्त्री विष्टले आफ्नो तीन दशक लामो सहयात्राका मित्र गुमाउँदाको पीडा लुकाउन नसकेको देखिन्छ । रसिला आँखासहित सोचमग्न रहेका मन्त्री विष्टको तस्बीर अहिले फेसबुकमा भाइरल भैरहेको छ ।

त्यसअघि सामाजिक सञ्जाल मार्फत पनि मन्त्री विष्टले रविन्द्रको मृत्यु आफूले पत्याउनै नसकिरहेको बताएका थिए । उनले फेसबुकमा लेखेका छन ‘तीन दशकभन्दा लामो समयदेखिको मेरो घनिष्ठ मित्र तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी हेलिकप्टर दुर्घटनामा परी निधन भएको कुरा मलाई पत्याउनै कठिन भएको छ । यो घटनाले मलाई अत्यन्त स्तब्ध बनाएको छ । उहाँको निधनले देशका लागि अपुरणीय क्षति पुगेको छ ।’

मन्त्री विष्टले अघि लेखेका छन  ‘यस घडीमा कमरेड रवीन्द्र अधिकारीसहित दुर्घटनामा जीवन गुमाउने पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक धुर्व भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’

प्रकाशित मिति : February 28, 2019 at 10:44 am