१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ह्याप्पी इनर्जीकाे २० लाख सहयोग

१९ भदाै, काठमाडाैं। ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेको हो । शुक्रबार कम्पनीका सञ्चालकहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठलाई २० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

 सहयोग रकम ग्रहण गर्दै मन्त्री श्रेष्ठले विपद्को कठिन परिस्थितिमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । मन्त्री श्रेष्ठले संकटका बेला नेपालीहरू एकजुट भएर एकअर्कालाई सहयोग गर्दै आएको उल्लेख गर्दै अहिले पनि त्यही भावना र सहकार्य आवश्यक रहेको बताए ।

मन्त्री श्रेष्ठले आर्थिक सहयोगसँगै नैतिक, भौतिक तथा प्राविधिक सहयोगको समेत उत्तिकै आवश्यकता रहेको उल्लेख गरे । उनले विपद्को यस कठिन घडीमा ‘जसले जे सक्छ, त्यही सहयोग गर्नु’ नै अहिलेको प्रमुख आवश्यकता भएको बताए ।

प्रकाशित मिति : September 4, 2026 at 3:01 pm