२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

संखुवासभामा शिक्षक हत्या आराेपमा एक जना पक्राउ

१९ भदौ, काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–१ मा भरुवा बन्दूकको प्रहारबाट एक शिक्षकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

बिहीबार साँझ करिब ७ बजे मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा सिलिचोङ गाउँपालिका–५ याफु घर भई सोही विद्यालयमा बस्दै आएका करिब ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राई खाना खाइसकेपछि भाँडा धुन विद्यालयबाहिर निस्किएका थिए।

सोही क्रममा अचानक बन्दुक पड्किएजस्तो आवाज आएपछि विद्यालयमै बस्दै आएकी शिक्षिका टिकामाया राई बाहिर निस्किएर हेर्दा नरकुबिर खम्बु राई ढलेको र शरीरबाट रगत बगिरहेको अवस्थामा फेला पारेकी थिइन्।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शरीरको पछाडिको भागमा भरुवा बन्दूकको गोली लागेको चोट फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान गर्ने क्रममा प्रहरीले शुक्रबार बिहान करिब ११ बजे मकालु गाउँपालिका–१ सिउँडीबारी बस्ने करिब ३३ वर्षीय पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : September 4, 2026 at 1:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/