आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१९ भदौ, काठमाडौं। स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : September 4, 2026 at 10:56 am


