१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

अस्ट्रेलियाको होबार्टमा नेपालप्रति ऐक्यबद्धता जनाउँदै दीप प्रज्वलन कार्यक्रम सम्पन्न

होबार्ट, तास्मानिया । नेपालमा अगष्ट १६ को वाडी पहिरोमा परि निधन हुनेहरु प्रति श्रद्धाञ्जली, घाइतेहरुको सिध्र स्वास्थ्य लाभको कामना , वेपत्ताहरुको सकुशन सम्पर्कको कामना गर्दै र प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै तास्मानियाको होबार्टमा नेप्लिज इन तास्मानिया को आयोजित दीप प्रज्वलन कार्यक्रम समपन्न भएको छ ।

कार्यक्रममा २५० भन्दा बढी नेपाली तथा विभिन्न समुदायका व्यक्तिहरू सहभागी भएका छन्।

कार्यक्रममा संघीय तथा राज्यस्तरका निर्वाचित प्रतिनिधि, स्थानीय सरकारका पदाधिकारी, नेपाली संघसंस्थाका प्रतिनिधि, समुदायका अगुवा, बहुसांस्कृतिक समुदायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा अष्ट्रेलियाका संघिय सांसद एन्ड्रयू विल्की सांसद, ग्लेनोर्ची सिटी काउन्सिलका मेयर सु हिकी, डेपुटी मेयर रसेल याक्सले तथा काउन्सिलरहरू स्टुअर्ट स्लेड, स्टिभ किंग्स र टिम मार्क्स थिए। साथै बाप्स तास्मानियाका निकुञ्ज पटेल लगायत विभिन्न समुदायका प्रतिनिधिहरूले नेपाली समुदायसँग ऐक्यबद्धता जनाएका थिए।

कार्यक्रममा विभिन्न वक्ताहरूले नेपालमा भएको विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारलाई साथ र सहयोग आवश्यक रहेको बताउनु भएक थियो । संकटको समयमा समुदायबीचको एकता, मानवीय संवेदना र एकअर्काप्रतिको सहयोग नै सबैभन्दा ठूलो शक्ति हुने उहाहरुको भनाइ थियो।

कार्यक्रममा पूर्वजहरूको समझनामा देशको लागी स्वागत मन्तव्य लेनोर्ची सिटी काउन्सिलकी मेयर सु हिकीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन राजन श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रमको धन्यवाद ज्ञापन र समापन अनिल खड़काले गर्नुभएको थियो।

होबार्टमा नेपाली समुदायसँगै तास्मानियाका विभिन्न समुदाय एकजुट हुँदै नेपालप्रति ऐक्यबद्धता जनाएका छन्।

प्रकाशित मिति : September 3, 2026 at 6:31 am