यती पेन्ट्सद्धारा भोटेकोशी बाढी पीडितलाई ११ लाख ११ हजार आर्थिक सहयोग
१७ भदाै, काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि यती पेन्ट्स नेपालले १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । यति पेन्ट्सले प्रधानन्त्री प्रकोप उद्धार कोषमा कम्पनीका तर्फबाट ११ लाख ११ हजार १ सय ११ रूपैयाँ आर्थिक सहयोग गरेको हो ।
भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित नागरिक र समुदायको सहयोगका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको कम्पनीका अध्यक्ष झलक बहादुर केशीले जानकारी दिए ।
प्राकृतिक विपत्तीका कारण प्रभावित क्षेत्रमा नागरिकको राहत तथा पुनस्र्थापनाका लागि आर्थिक सहयोग गरिएको अध्यक्ष केसीको भनाइ छ । कम्पनीले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
प्रकाशित मिति : September 2, 2026 at 4:23 pm


