१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ काराेबार ?

१७ भदौ, काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा एकैदिन आठ हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

dainiki.com

मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १८५ रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ४ हजार ७६५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर ४ हजार ५८० रुपैयाँमा कायम भएको छ।

प्रकाशित मिति : September 2, 2026 at 11:11 am