रसुवा बाढी पीडितका लागि एभरेस्ट बैंकले २ करोड ५१ लाख र कर्मचारीले गरे ६० लाख रुपैयाँ सहगोग
१७ भदाै, काठमाडाैं। एभरेष्ट बैंकले हालै भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले नगद र अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड ५१ लाख र आफ्ना कर्मचारीहरुको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा समेत गरी नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड ११ लाख रुपैयाँभन्दा बढी नगद सहयोग उपलब्ध गराएको हो ।

नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रुपमा हस्तान्तरण गरेको छ ।
बैंकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपदको सामना गर्न अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, संघसंस्था तथा सम्पूर्ण सहयोगी हातहरुप्रति आभार व्यक्त गरेको छ ।
प्रकाशित मिति : September 2, 2026 at 10:35 am


