१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

मन्त्री अधिकारीसहितको निधनबाट सिङ्गो मुलुक स्तब्धः पूर्व प्रधानमन्त्री खनाल

१५ फागुन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ट नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको ज्यान गएको हेलिकप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन । उनले बुधबार शोक विज्ञप्ति जारी गर्दै मन्त्री अधिकारीसहितको निधनबाट सिङ्गो मुलुक स्तब्ध बनेको उल्लेख गरेका छन ।

उनले शोक विज्ञप्तीमा भनेका छन ‘आज दिउसो १ः३० बजे तीर ताप्लेजुङ्ग जिल्ला,फुङलिङ नगरपालिका –१० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परि हाम्रो पार्टीका केन्द्रिय सदस्य तथा राम्रो संभावना बोकेको,युबा जुजारू नेता साथै संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री रहेका माननीय रबिन्द्र अधिकारी सहित ७ जनाको दुःखद निधन भएको खबरले म मर्माहित भएको छु । यस दुर्घटनाबाट पार्टी,सरकार र मुलुकलाई अपुरणीय क्षति भएको छ ।’

पूर्वप्रधानमन्त्री खनालले मृतक सबैको परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको राम्रो जाँचबुझ गर्न र त्यसबाट शिक्षा लिएर अघि बढ्न नेपाल सरकारलाई आग्रह पनि गरेका छन ।

प्रकाशित मिति : February 27, 2019 at 9:21 pm