६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

कालिञ्चोक दर्शनद्वारा दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार सहयोग

१६ भदाै, काठमाडाैं । कालिञ्चोक दर्शन लिमिटेडले विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। कम्पनीका मेनेजिङ डाइरेक्टर अशोक शिवाकोटीले उक्त रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

 विभिन्न प्राकृतिक विपद्का समयमा कम्पनीले यसअघि पनि सरकार, सामाजिक संघसंस्था तथा प्रत्यक्ष रूपमा प्रभावित नागरिकलाई सहयोग गर्दै आएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित तथा आवश्यक परेका समुदायलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कालिञ्चोक दर्शन लिमिटेडले दोलखाको कालिञ्चोक क्षेत्रमा केबलकार सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : September 1, 2026 at 2:43 pm