बाढी पीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग
१६ भदाै, काठमाडौं । रसुवा बाढी पीडितका लागि शंकर ग्रुपले ४ करोड रुपैयाँ सहयोग गरेको छ । विपद्पीडित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर ४ करोडको चेक हस्तान्तरण गरेका छन् ।
यसका साथै विपद्को तेस्रो दिनमै शंकर ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका मुख्य जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकहरूको अस्थायी आश्रयका लागि २५ लाख बराबरका २,५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराइसकेको छ ।
‘शंकर ग्रुप सधैं विश्वास गर्छ, राष्ट्रिय सङ्कटको बेला सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु हाम्रो दायित्व हो,’ शंकर ग्रुपले भनेको छ, ‘यो दायित्व भविष्यमा पनि निरन्तर निर्वाह गर्ने हामी प्रतिबद्धता व्यक्त गर्दछौं ।’
प्रकाशित मिति : September 1, 2026 at 12:59 pm


