आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१६ भदौ, काठमाडाैं । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन तोलामा ५०० रुपैयाँ र चाँदी तोलाको १५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला तीन लाख छ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आजको बजारमा चाँदी प्रतितोला चार हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : September 1, 2026 at 11:19 am


