१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

बाढीपीडितका लागि पतञ्जलीले सरकारी कोषमा जम्मा गर्यो २ करोड ११ लाख

१५ भदौ, काठमाडौं । पतञ्जली नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको सहयोगार्थ २ करोड ११ लाख रुपैयाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पतञ्जलीले उक्त रकम उपलब्ध गराएको हो ।

पतञ्जलि नेपालको तर्फबाट डा. पवमान सुवेदी, युवराज सुवेदी र ओम बंसलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम प्रदान गरेका हुन् । गत १० भदौमा आएको विनाशकारी बाढीका कारण उत्पन्न परिस्थितिबीच धमाधम राहत एवं उद्धारको कार्य भइरहेको छ ।

प्रकाशित मिति : August 31, 2026 at 5:35 pm