३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

बाढी पीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग

१४ भदौ, काठमाडौं। भोटेकोशी विपद् प्रभावितहरूको राहत तथा पुन:स्थापनाका लागि सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत २ करोड ५१ लाख रुपैँया आर्थिक सहयोग गरेको छ।हालै रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दु:खद् परिस्थितिप्रति गहिरो संवेदना व्यक्त गर्दै सिद्धार्थ बैंकले विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुन:स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग प्रदान गरेको हो।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध सिद्धार्थ बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याउने विश्वासका साथ उक्त रकम कोषमा उपलब्ध गराएको हो।

dainiki.com

यस विपद्का कारण ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माप्रति बैंकले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै बैंकले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुन:स्थापना र सामान्य जनजीवन पुनर्बहालीका लागि भइरहेको सरकारी तथा सरोकारवाला निकायहरूको प्रयास सफल होस् भन्ने कामना पनि बैंकले गरेको छ।

सिद्धार्थ बैंकले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवथापनसम्बन्धी कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। आगामी दिनहरूमा पनि देश तथा समाजलाई आवश्यक परेको बेला आफ्नो सामाजिक दायित्वप्रति प्रतिबद्ध रहँदै यस्ता मानवीय कार्यहरूमा निरन्तर सहयोग पुर्‍याउने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

प्रकाशित मिति : August 30, 2026 at 3:20 pm