मन्त्री अधिकारीसहित सातै जनाको शव सुकेटार विमानस्थल ल्याइयो, हेर्नुहोस् तस्बीरहरू
१५, फागुन, काठमाडाैँ । एयर डाइनेस्टिको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको शव घटनास्थलबाट संकलन गरेर सुकेटार विमानस्थलसम्म ल्याइएको छ । ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव नेपाली सेनाले घटनास्थलबाट सुकेटार विमानस्थलमा ल्याएको हो ।

अब केही बेरमा त्यहाँबाट संकलित शवहरू काठमाडाैँ ल्याउने तयारी रहेको छ । शव लीनका लागि चारवटा हेलिकप्टर पठाइएको छ । हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसँगै यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा,नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदास बजिमय, प्रधानथमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, अर्जुनकुमार घिमिरे र पाइलट प्रभावकर केसीको मृत्यु भएको छ । तस्बीरहरूः रासस

प्रकाशित मिति : 18:50









