२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

पद्म ज्योति समूहद्वारा विपद् कोषमा १ करोड सहयोग

१२ भदाै, काठमाडाैं। आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि पद्म ज्योति समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ योगदान गरेको छ।समूहले बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ।

पद्म ज्योति समूहले विपद्को कठिन घडीमा प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायको शीघ्र पुनःस्थापनाको कामना गरेको छ। समूहले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा आफ्नोतर्फबाट सहयोग पुर्याएको जनाएको छ।

प्रकाशित मिति : August 28, 2026 at 5:08 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/