१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

नेपाल एसबिआई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत सहयोग

१२ भदाै, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायहरूका लागि तत्कालीन आवश्यकता सम्बोधन गर्दै राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले राहत सामग्री वितरण गरेको छ ।

यस पहलले विपद्को कठिन घडीमा प्रभावित समुदायसँग दृढतापूर्वक उभिँदै आवश्यक सहयोग समयमै उपलब्ध गराउने बैंकको सामाजिक उत्तरदायित्व र मानवीय कल्याण प्रतिको प्रतिबद्धतालाई थप सशक्त बनाएको बैंकले जनाएको छ ।

बैंकले मानवीय सेवा, सहानुभूति तथा ऐक्यबद्धताको भावनालाई आत्मसात् गर्दै, प्राकृतिक विपद्बाट प्रभावित समुदायहरूको पुनःस्थापना, पुनरुत्थान तथा समग्र कल्याणमा सार्थक योगदान पुर्‍याउन र संकटको समयमा आवश्यक सहयोग निरन्तर उपलब्ध गराउन प्रतिबद्धता जनाएको छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३३ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित मिति : August 28, 2026 at 2:54 pm