ओम मेगाश्री फर्मास्युटिकल्सद्वारा बाढीपीडितका लागि २० लाख रुपैयाँ बराबरको औषधि सहयोग
१२ भदाै, काठमाडाै। नेपालमा पहिलोपटक आईपीओ जारी गर्ने औषधि कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सले बाढीपीडितका लागि करिब २० लाख रुपैयाँबराबरको औषधि तथा स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। कम्पनीका अनुसार सहयोग अभियानअन्तर्गत पहिलो चरणमा शुक्रबार करिब ७ लाख रुपैयाँ बराबरको औषधि तथा स्वास्थ्य सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइएको छ। बाँकी सामग्री पनि प्रभावित क्षेत्रको आवश्यकता र अवस्थाका आधारमा क्रमशः उपलब्ध गराइने कम्पनीले जनाएको छ।

चितवनको जुगेडीमा उद्योग रहेको ओम मेगाश्री फर्मास्युटिकल्सले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्वअन्तर्गत औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको छ।
बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आवश्यक औषधि र स्वास्थ्य सामग्रीको अभाव कम गर्न कम्पनीको सहयोगले योगदान पुग्ने अपेक्षा गरिएको छ। कम्पनीमा गैरआवासीय नेपाली संघ ९एनआरएनए०का पूर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार अर्जुनकुमार श्रेष्ठ, एनआरएनए बेल्जियमका अध्यक्ष कमल पन्थी तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)का अध्यक्ष अर्जुन काफ्लेलगायतको लगानी रहेको जनाइएको छ।
प्रकाशित मिति : August 28, 2026 at 2:32 pm



