१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई भन्यो: अत्यावश्यक अवस्थाबाहेक बिदा नलिनु

१२ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले विपद्को विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ । मन्त्रालयले सार्वजनिक बिदाको दिनमा समेत खोज, उद्धार र उपचार सेवाका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएको हो ।

मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले शुक्रबार जारी गरेको निर्देशनमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्योपचार र राहतको काम भइरहेको जनाएको छ ।

मन्त्रालयले आफू मातहतका सबै कर्मचारीलाई विपद् व्यवस्थापनमा खटिन सक्ने गरी विशेष कारण र अत्यावश्यक कामबाहेक बिदा तथा काज स्वीकृत नगर्न/नगराउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : August 28, 2026 at 1:08 pm