१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

धितोपत्र सम्बन्धी ऐन र बीमा ऐन सम्बन्धी कसुरमा संलग्न तीन जना पक्राउ

१२ भदौ, काठमाडौं ।  धितोपत्र सम्बन्धी ऐन र बीमा ऐन अन्तर्गतको कसुरमा संलग्न रही फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ललितपुर खाछें बस्ने हिमालय सेक्युरिटी बैंकर लिमिटेडका संचालक अध्यक्ष ६३ वर्षीय दिपक कुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका-११ बस्ने हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी संयोजक ४३ वर्षीय सुमेर शम्शेर जबरा र दक्षिणकाली नगरपालिका-३ घर भएका हिमालयन रिईन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ३९ वर्षीया उपसना पौडेल रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले सुमेरलाई काठमाडौं महानगरपालिका-११ थापाथलीबाट बुधबार तथा दिपक कुमारलाई ललितपुर  महानगरपालिका-१५ हात्तीवनबाट र उपसनालाई काठमाडौं बबरमहलबाट शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ मध्ये दिपक कुमार र सुमेर धितोपत्र सम्बन्धी ऐन र बीमा ऐनमा तथा उपसना बीमा ऐन सम्बन्धी कसुरमा संलग्न रही फरार रहेका थिए ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : August 28, 2026 at 12:17 pm