घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१२ भदौ, काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै , चाँदीको मूल्य भने आज स्थिर रहेको छ। आज चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ नै कायम थियो।
प्रकाशित मिति : August 28, 2026 at 11:06 am



