११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

बाढीले बगाएको शवबाट कानको मुन्द्रा निकाल्ने २ जना पक्राउ

११ भदौ, काठमाडाैं । रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परेर मृत भएका व्यक्तिको कानको मुन्द्रा थुत्ने व्यक्ति पक्राउ परेका छन् । शवबाट कानको मुन्द्रा निकालेको भिडियो भाइरल भएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

आज दिउँसो दुईजना पक्राउ परेका हुन् । चितवन प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई चितवन बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवन बस्दै आएका ३८ वर्षीय उमेश चौधरी छन् ।

प्रकाशित मिति : August 27, 2026 at 5:54 pm