नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका यी एक्सटेन्सन काउन्टर अर्को व्यवस्था नभएसम्म बन्द
११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (NIMB) का दुई शाखा र एउटा एक्सटेन्सन काउन्टर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बैंकले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार बाढीबाट स्याफ्रुबेसी शाखा, टिमुरे शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टर पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन्। ती कार्यालयबाट प्रदान हुँदै आएका सम्पूर्ण बैंकिङ सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द रहने बैंकले जनाएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति तथा दूरसञ्चार नेटवर्क अवरुद्ध हुँदा बैंकका अन्य केही शाखा तथा एक्सटेन्सन काउन्टरको सेवा पनि प्रभावित भएको छ। बैंकका अनुसार मलेखु शाखा नेटवर्क तथा विद्युत् समस्याका कारण प्रभावित भएको छ। विदुर शाखामा विद्युत् समस्या देखिएको भए पनि ब्याकअप पावरबाट सञ्चालन भइरहेको बैंकले उल्लेख गरेको छ।
त्यस्तै, ज्वालामुखी एक्सटेन्सन काउन्टरमा नेटवर्क समस्या देखिएको छ भने चौकदे शाखा तथा धुन्चे एक्सटेन्सन काउन्टरमा नेटवर्क र विद्युत् दुवै समस्या देखिएको छ। यी स्थानमा पनि अवस्था सामान्य नभएसम्म बैंकिङ सेवा प्रभावित रहने बैंकको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : August 27, 2026 at 1:05 pm



