११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

माछापुच्छ्रे बैंक टिमुरे शाखाका पाँच कर्मचारी सम्पर्कविहीन

११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण माछापुच्छ्रे बैंकका पाँच कर्मचारी सम्पर्कविहीन भएका छन् । बैंकको टिमुरे शाखामा कार्यरत ती कर्मचारी बेपत्ता भएका हुन् ।

बैंकका अनुसार उक्त शाखामा कार्यरत भिम प्रसाद मेजु, अनुज नेपाल, सबिन महर्जन, पुनम ठाकुर र मिङ्मा तामाङ बेपत्ता भएका हुन् ।

प्रकाशित मिति : August 27, 2026 at 12:51 pm