२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

भारत र पाक तनावका विषयमा नेपालले मुख खोल्यो, दुवै पक्षलाई संयम अपनाउन आग्रह

१५ फागुन, काठमाडाैं । भारत–पाक तनावको विषयमा नेपालले मुख खोलेको छ । बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुबै पक्षलाइ संयम बन्न अाग्रह गरेको छ । मन्त्रालयले वार्ता र शान्तिपूर्ण माध्यमद्वारा समस्या समाधानका लागि आग्रह पनि गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको तानवलाई लिएर नेपाल सरकार चिन्तित रहेको उल्लेख गरिएको छ ।

नेपालले आतंकवादी हमलालाइ घृणित कार्यको रूपमा निन्दा गरेको पनि जनाएको छ ।  सार्कको अध्यक्ष राष्ट्रका नाताले नेपाल दक्षिण एसियामा शान्ति र स्थायित्वको महत्वमा जोड दिन चाहेको उल्लेख गरिएको छ ।  विज्ञप्तिमा  तनावलाई कम गरेर स्थिति सामान्यिकरण गर्नका लागि वार्ता र शान्तिपूर्ण माध्यममार्फत समाधान खोज्न पनि आग्रह गरिएको छ ।

 

प्रकाशित मिति : 17:25