३० भदौ २०८३, मंगलबार | Wed Sep 16 2026

विदेशी मुद्रा सञ्चिति ३९ खर्ब नजिक, एकै वर्ष ४५.६ प्रतिशतले बढ्याे

१० भदौ, काठमाडाैं । नेपालकाे विदेशी मुद्रा सञ्चिति करिब ३९ खर्ब नजिक पुगेकाे छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार विदेशी मुद्रा सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लाे वस्तिकाे लुलनामा ४५.६ प्रतिशत बढी हाे ।

गएको असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति १९ दशमलव ६ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २९.८ प्रतिशतले बढेर २५ अर्ब ३१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेको थियो ।

dainiki.com

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८३ असार मसान्तमा ४३.८ प्रतिशतले वृद्धि भई रु.३४ खर्ब ७३ अर्ब १९ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८३ असार मसान्तमा ६१.४ प्रतिशतले वद्धि भई रु.४ खर्ब २४ अर्ब ४८ करोड कायम भएको छ । २०८३ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८३ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६३.८ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति : August 26, 2026 at 6:06 pm