बानेश्वरमा महिला प्रहरीमाथि हातपात, एक जना पक्राउ
९ भदौ, काठमाडौं । काठमाडौंको बानेश्वरमा डिउटीमा रहेकी महिला प्रहरीमाथि हातपात भएको छ। मंगलबार बिहान काठमाडौंको बानेश्वरमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गर्ने एक पुरूष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्ला तातोपानी गाउँपालिका वडा २ घर भई हाल बानेश्वर-१० मा बस्ने २७ वर्षका राज कठायत छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजेका ती पुरूषलाई आकाशे पुलको प्रयोग गर्न अनुरोध गरेकी थिइन् । त्यसै क्रममा प्रहरी जवानमाथि ती पुरूषले हातपात गरेका थिए। हातपात गरेलगत्तै प्रहरीले कठायतलाई पक्राउ गरेको हो।
प्रकाशित मिति : August 25, 2026 at 1:58 pm


