पर्यटनमन्त्री अधिकारीसहित सात जनाको ज्यान गएको हेलिकप्टर दुर्घटनाका पाँच तस्बीर
१५ फागुन, काठमाडाैँ । एयर डाइनेस्टिको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ले हेलिकप्टरमा सवार ७ जनाकै शव फेला परेकाे पुष्टि गरेका छ । एयर डाइनेस्टी हेली सर्भिसको हेलिकप्टर एएस ३५० दुर्घटनामा परेको हो। हेलिकोप्टरका सबै भाग जलेर ध्वस्त भएको तर इन्धन भण्डार गर्ने भाग चाहिँ बाँकी रहेको प्रत्यक्षदर्शीले बताएका छन ।

उपप्रमुखका अनुसार दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपािलकाकाे सीमा क्षेत्रमा पर्छ। ‘हाल ताप्लेजुङमा कुहिराे लागिरहेकाे र पानी पनि परिरहेकाे छ’, भट्टराईले भने।
हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसँगै यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा,नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदास बजिमय, प्रधानथमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, अर्जुनकुमार घिमिरे र पाइलट प्रभावकर केसीको मृत्यु भएको छ । दुर्घटनाको तस्बीरः एपिवान टेलिभिजन र अन्नपूर्ण पोस्ट दैनिक ।


प्रकाशित मिति : 15:54









