९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

९ भदौ, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

dainiki.com

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : August 25, 2026 at 11:08 am