१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

बारा घटनामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गर्ने प्रहरी पक्राउ

८ भदौ, काठमाडौं । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् । किशोरको बयान चलिरहेको बेलामा भिडिओ खिचेर सार्वजनिक गरेको आरोपमा बाराका प्रहरी हवल्दार कुमार विक पक्राउ परेका हुन्।

उनलाई नियन्त्रणमा लिएर फौजदारी कसूरमा अनुसन्धान अगाडि बढाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए।

प्रकाशित मिति : August 24, 2026 at 4:02 pm