८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

उद्धव थापालाई पदबाट हटाउन उपसभामुखलाई राप्रपाको पत्र

८ भदौ,  काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका बागमती प्रदेश संसदीय दल नेता उद्धव थापालाई पदमुक्त गरेको पत्र उपसभामुखलाई बुझाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको पत्र राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले उपसभामुख अप्सरा चापागाईंलाई बुझाएकी हुन्।

थापाले नेकपा एमालेका सांसद किरण थापालाई मुख्यमन्त्री बनाउन आफ्नो पार्टीको समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष पत्र बुझाएका थिए।

प्रकाशित मिति : August 24, 2026 at 3:11 pm