१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

मन्त्री अधिकारी चढेको हेलिकप्टर पाथिभरा दर्शन गरेर फर्कदाँ दुर्घटनामा

१५ फागुन, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङको फुङलिङ नगरपालिका-१० सिस्ने भन्ने ठाउँमा दुर्घटना भएको ताप्लेजुङ विमानस्थलले विराटनगर टावरलाई जानकारी दिएको छ ।

तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङमा रहेको पाथिभरा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको गृह सचिव प्रेमकुमार राईले बताएका छन्।

कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न  पठाइएको बुझिएको छ । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए।

मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए । ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा उक्त हेलिकप्टर सम्पर्कबिहिन रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : February 27, 2019 at 3:02 pm