८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

सरकारलाई कांग्रेसको प्रश्नः हाम्रा छोरीहरू कहिलेसम्म असुरक्षित रहनुपर्ने ?

८ भदाै, काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रमिला गच्छदारले बालिका बलात्कार र हत्याका घटनामा सरकारले गर्ने सहमति र क्षतिपूर्तिको शैलीप्रति असन्तुष्टि जनाएकी छिन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले अपराधीलाई कानुनको डर नभएका कारण यस्ता जघन्य अपराध बढ्दै गएको बताइन्।

सांसद गच्छदारले बारा जितपुर–सिमराकी ३ वर्षीया गरिमा चौधरी र २ वर्षीया खुशी खातुनको क्रूर बलात्कार र हत्याको घटनाले सिङ्गो देश रोइरहेको बताउँदै सरकारलाई प्रश्न गर्दै भनिन्, ‘हाम्रा छोरीहरू कहिलेसम्म असुरक्षित रहनुपर्ने ?

dainiki.com

सांसद गच्छदारले सरकारले बालिकाको परिवारसँग गरेको सहमतिप्रति आपत्ति जनाएकी छिन्। बालिकाको जीवन सालिक ठड्याएर फिर्ता नआउने भन्दै उनले यस्ता घटनामा राहत र सहमतिपत्रभन्दा कानुनको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताइन्। ‘म सरकारलाई सोध्न चाहान्छु, एउटा सालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ?,’ उनले भनिन्, ‘सहमतिपत्रले तत्काल आन्दोलन रोक्न सक्ला, राहतले क्षणिक पीडा कम गर्न सक्ला तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यप्रतिको विश्वास पुनः स्थापित गर्न सक्दैन।’

प्रकाशित मिति : August 24, 2026 at 2:33 pm