सुनको मूल्य बढ्ने क्रम जारी, आज कतिमा हुँदैछ कारोबार ?
८ भदौ, काठमाडौं । सुनको मूल्य बढ्ने क्रमले आज पनि निरन्तरता पाएको छ । नेपाली बजारमा सोमबार सुन तोलामा तीन हजार २०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : August 24, 2026 at 11:07 am


