५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

मुलुक सुगौली सन्धीयताकै भयानक संकटमा छः प्रचण्ड

७ भदौ,  काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौलीसन्धी यताकै भयानक संकटमा रहेको बताएका छन्। आइतबार कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै उनले मुलुक साँच्चिकै भयानक संकटमा रहेको बताएका हुन्।

dainiki.com

उनले भने, ‘यो कुरा साँचो हो, अहिले देश साच्चै संकटमा छ । सबैभन्दा ठूलो कुरो राष्ट्रिय स्वाधीनतामा अहिले जस्तो संकट देखापरेको छ, सायद सुगौली सन्धिपछि यति भयानक संकट नेपालले भोग्नु परेको थिएन ।’

यो संकट पार लगाउन पनि कम्युनिस्टहरू बीच एकताको खाँचो रहेको प्रचण्डले बताए। ‘यो संकटबाट पार पाउन र जनताको विकास तथा समृद्धिको आकांक्षा सम्बोधन गर्न कम्युनिस्ट आन्दोलनको एकता नै मुख्य साँचो हो,’ उनले भने।

प्रकाशित मिति : August 23, 2026 at 4:50 pm