७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

वैदेशिक रोजगारीको प्रलोभनमा पारी १७ लाख ठगी गर्ने दुई जना पक्राउ

७ भदौ, काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ का ३७ वर्षीय नवीन लामा र सल्यानको शारदा नगरपालिका–२ का ५० वर्षीय रमेश रेउले रहेका छन्।

dainiki.com

प्रहरीका अनुसार लामाले तीन जनालाई मलेसिया पठाइदिने भन्दै विभिन्न समयमा १४ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि उनी सम्पर्कविहीन भएका थिए। त्यस्तै, रेउलेले एक जनालाई अमेरिका पठाइदिने भन्दै ३ लाख रुपैयाँ लिएपछि सम्पर्कविहीन भएका थिए ।

दुवै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित प्रहरी टोलीले गत शुक्रबार पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : August 23, 2026 at 2:02 pm