पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर सम्पर्कबिहीन, दुर्घटनाको आशंका
१५ फागुन, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर सम्पर्कविहीन भएको छ।

गृहसचिव प्रेमकुमार राईका अनुसार उक्त हेलिकोप्टर ताप्लेजुङका लागि काठमाडौंबाट बिहान उडेको थियो। ताप्लेजुङको दाह्रेडाँडा ठूलो आवाज सहित आगो बलेको सूचना आएपछि स्थानीय प्रहरी र स्थानीयवासी त्यसतर्फ लागेको ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले बताए।
प्रकाशित मिति : February 27, 2019 at 2:15 pm







