५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

पेटभित्र लुकाएर ल्याएको सुनसहित विमानस्थलबाट बंगलादेशी नागरिक पक्राउ

५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेटभित्र लुकाएर ल्याएको सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मोहम्मद रसेल हवल्दार छन् ।

फ्लाई दुबईको एफजेट११३३ बाट उनी ३१ साउनमा काठमाडौं आएका थिए । शंका लागि सादा पोशाकको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

त्यसपछि उनले १५० ग्राम सुन पेटमा लुकाएर ल्याएको प्रहरीलाई बताएका थिए । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा जाँच गराउँदा सुन भएको पुष्टि भयो । शौचालय गराउँदा समेत उक्त सुन अड्किएर बसेको थियो ।

त्यसपछि अस्पतालमा भर्ना गरेर ५ दिनमा पेटभित्रको सुन शौच गर्न लगाएर निकालिएको प्रहरीले जनाएकाे छ । क्याप्सुल आकार २ थान सुनका डल्लासहित उनलाई भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : August 21, 2026 at 6:00 pm