फोहोरमैला व्यवस्थापनको बैठकमै भनाभन, मेयरहरूसँग चर्काचर्कीपछि बाहिरिइन् आशिका
५ भदाै, काठमाडाैं। बञ्चरेडाँडा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आयोजित कार्यक्रममा सांसद आशिका तामाङसँग स्थानीय तहका प्रमुख (मेयर) हरूको चर्काचर्की भएको छ ।
शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा सिंहदरबारमा बसेको बञ्चरेडाँडा फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा विवाद चर्किएपछि केहीबेर वातावरण तनावपूर्ण बनेको थियो।
बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा उपत्यकाको फोहोर व्यवस्थापनका लागि भइरहेका कामकारबाहीबारे छलफल गर्न बैठक बोलाइएको थियो।

उक्त छलफलमा रास्वपा सांसद तामाङ पनि सहभागी थिइन् । सो क्रममा जनप्रतिनिधिसँग सांसद तामाङको भनाभन भएको हो । चर्काचर्कीपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितले तामाङलाई सम्झाउन खोजेका थिए । तर सांसद तामाङ भने थप आक्रोशित बनिन् ।
विवाद बढ्दै गएपछि सञ्चारमन्त्री तिमिल्सिनाले हस्तक्षेप गर्दै वातावरण शान्त पार्ने प्रयास गरेका थिए। तर, विवाद साम्य नभएपछि सांसद तामाङ आक्रोशित बन्दै आफ्नो ब्याग टिपेर बैठकबाट बाहिरिइन् ।
प्रकाशित मिति : August 21, 2026 at 5:28 pm


