१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

फेसबुकमा बन्दुक बोकेको फोटो हालेपछि दुई जना पक्राउ

५ भदौ, काठमाडाैं । गोरखाको सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने र बिनालाइसेन्स भरुवा बन्दुक राख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२, सुनारगाउँ घर भई हाल पालुङटार नगरपालिका–१, खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनार र सोही स्थानका ३३ वर्षीय विष्णु सुनार रहेका छन् ।

 प्रेम सुनारलाई लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने क्रममा उक्त हतियार पालुङटार नगरपालिका–१ खोप्लाङ बस्ने विष्णु सुनारको भएको खुलेको थियो। त्यसपछि प्रहरीले विष्णुलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : August 21, 2026 at 11:23 am