५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

सुनको मूल्य बढ्ने क्रम जारी, दुई दिनमै १२ हजार ६ सयले बढ्याे

५ भदौ, काठमाडाैं । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । यस दिन सुन तोलाको ३ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १३० रुपैयाँले बढेको हो। दुई दिनमै सुन तोलामा १२ हजार ६ सय रुपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार सुन प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : August 21, 2026 at 11:00 am