२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

छाेराले अन्तरजातीय प्रेम विवाह गर्दा आमालाई वडाध्यक्षले गरे हातपात

१५ फागुन, सर्लाही  ।  अन्तर्जातीय विवाह गरेको भन्दै सर्लाहीमा बेहुलाको आमालाई वडाध्यक्षले हातपात गरेका छन् । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १७ बस्ने जितेन्द्र राम र अञ्जु रायले अन्तरजातिय विवाह गरेपछि जितेन्द्रकी आमा धनेश्वरीदेवीलाई वडाध्यक्ष रामविश्वास रायले हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लागेको हो ।

गैरदलित युवतीसँग अन्तरजातीय विवाह गरेको भन्दै वडाअध्यक्ष र अञ्जुको बाबु अभिनन्दन रायसमेतले आफूलाई अनेक धम्कीसहित दुर्व्यवहार गरेको धनेश्वरीदेवीले बताएकी छिन् ।

प्रेमपछि भागेर अन्तर्जातीय बिहे गरेका जितेन्द्र र अन्जु माइती पक्षको दवावपछि अहिले घरबाहिर नै लुकीछिपी बस्दै आएको बताइएको छ ।उनले निवेदन दिएपछि प्रहरीले सुरक्षाको लागि प्रबन्ध मिलाएको र घटना बारे अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए

प्रकाशित मिति : 13:22