२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

४ बालिकाहरुलाई यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापकलाई ५ वर्ष कैद

१५ फागुन, पर्वत  ।  आफैँले पढाउने ४ बालिकाहरुलाई  यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापकलाई ५ वर्ष कैद सजायकाे फाैसला भएकाे छ ।पर्वतको फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझिगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई मंगलबार पर्वत जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले ५ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

५० वर्षीय प्रधानाध्यापक पौडेलले विद्यालयमा गएको एक वर्षदेखि ७ वर्षीया दुईजना, १० वर्षीय एकजना र १२ वर्षीया एक बालिका गरी ४ जना बालिकालाई यौन हिंसा गरेको आरोपमा गएको साउनमा जिल्ला प्रहरी कार्यालय पर्वतले गिरफ्तार गरेको थियो ।

बालिकाहरु टोलाउने, एकसुरे हुने र बिरामी हुने गरेपछि अभिभावकले सोध्दा शिक्षकले हिंसा गर्दै आएको खुलेको थियो । पीडित बालिकाहरुका अभिभावकहरुले प्रहरीमा साउन ६ गते नै उजुरी दिएका थिए

प्रकाशित मिति : 11:33