४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

चेक बाउन्स मुद्दामा जनता टेलिभिजका अध्यक्ष पौडेल पक्राउ

४ भदौ, काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ परेका छन् । पौडेललाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।

पौडेलविरुद्ध दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति : August 20, 2026 at 3:45 pm