३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

शुक्रबार सुशान्त केसी एडिलेडमा गुन्जिदै

एडिलेड (अष्ट्रेलिया) — नेपाली युवा पुस्तामाझ लोकप्रिय गायक तथा सङ्गीतकार सुशान्त केसीको साङ्गीतिक कार्यक्रम अगस्ट २१ (शुक्रबार) साउथ अष्ट्रेलियाको एडिलेडमा आयोजना हुने भएको छ।

‘पाहुना अस्ट्रेलिया टुर २०२६’ अन्तर्गत हुन लागेको साङ्गीतिक कार्यक्रम स्थानिय  ‘हिन्ड्ली स्ट्रिट म्युजिक हल’ मा आयोजना हुने भएको छ । कार्यक्रम  गिरिश इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट र थ्री केजी इभेन्ट्सको संयुक्त आयोजनामाह हुन लागेको हो ।

आधुनिक नेपाली सङ्गीतमा फरक शैली, शब्द र प्रस्तुतिका कारण चर्चित सुशान्त केसीले कार्यक्रममा आफ्ना लोकप्रिय गीतहरू प्रत्यक्ष पस्कनेछन्।

Screenshot

‘बार्दली’, ‘बेहोस’, ‘सारङ्गी’ र ‘आमा’ लगायतका कालजयी गीतमार्फत नेपाली श्रोतामाझ लोकप्रिय बनेका सुशान्तको यो एडिलेडमा तेस्रो कन्सर्ट हो। यसअघि पनि उनले एडिलेडमा दुई वटा सफल कन्सर्ट सम्पन्न गरिसकेका छन्।

गिरिश इभेन्ट्स एन्ड इन्टरटेनमेन्टका निर्देशक गगन गिरीका अनुसार कार्यक्रममा सबै उमेर समूहका दर्शकहरू सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

कार्यक्रमलाई केवल मनोरञ्जनमा मात्र सीमित नराखी प्रवासमा रहेका नेपाली समुदायलाई साङ्गीतिक सूत्रमा बाँध्ने र नयाँ पुस्तालाई नेपाली भाषा, सङ्गीत र संस्कृतिसँग जोड्ने माध्यमका रूपमा लिइएको छ। आयोजकले एडिलेड तथा आसपासमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई परिवार तथा बालबालिकासहित सहभागी भई साङ्गीतिक साँझको आनन्द लिन आग्रह गरेको छ।

प्रकाशित मिति : August 19, 2026 at 5:23 pm