३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

जागिरको खोजीमा हुनुहुन्छ ? हिमालयन लाइफमा सीईओ माग

३ भदाै, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

साे पदका लागि नेपाल बीमा प्राधिकरणले तोके अनुसार जीवन बीमा कम्पनीको सीईओ बन्न योग्य भएको, मान्यताप्राप्त विश्विद्यालयबाट म्यानेजमेन्ट, बिजनेस एडमिनिस्ट्रेसन, फाइनान्स, इकोनोमिक्स, अकाउन्टिङ र इन्स्योरेन्स विषयमा स्नातकोत्तर वा सोसरहको योग्यता हासिल गरेको साथै मान्यताप्राप्त संस्थाबाट सीए उत्तीर्ण गरेको हुनु पर्नेछ।

इच्छुक नेपाली नागरिकले भदौ १० गतेभित्र आवश्यक कागजात सहित आवेदन दिनु पर्नेछ।

प्रकाशित मिति : August 19, 2026 at 1:49 pm